होम आइसोलेसनमा एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल, १५ भदौ । रुपन्देहीमा होम आईसोलेसनमै बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईतबार राति ९ बजे तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जनाए अनुसार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको मृत्यु भएको हो ।

भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति