भारतमा एकैदिन ७९ हजार बढीमा संक्रमण

काठमाडौं, १५ भाद्र । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा कोरोना संक्रमित हुनेको संख्या आज नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा ७९ हजार ४५७ जना संक्रमित छन् । योसँगै सोमबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको हो ।संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा सोमवार विहानसम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति