२४ घण्टामै उपत्यकामा ४२९ जनालाई कोरोना संक्रमण

काठमाडौं, १४ भदौ । बितेको २४ घण्टामा आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित थपिएका छन् । ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।

त्यस्तै, नेपालमा बितेको २४ घण्टामा देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी संक्रमित दर हो । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको बताए । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board