सैनिक हेडक्वाटरमा एक सिपाहीले गरे आत्महत्या

काठमाडौं, १४ भदौ । नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका एक सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। सेनाका जवानले आफूले बोकेको हतियारले आइतबार बिहान ३ बजे घाँटीमा गोली हानेर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ ।

आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जनाएका छन् । आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको उनको भनाई छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको बताईएको छ ।

९ वर्षदेखि नेपाली सेनामा उनी कार्यरत थिए। उनी राति १२ बजेदेखि ड्युटीमा थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो। प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार महाशाखाले घटनास्थल मुचुल्का संकलन गरी अनुसन्धान थालेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयले पनि ड्युटीमा बसेका जवानले गोली हानी आत्महत्या गरेको पुष्टि गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board