उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, १४ भदौ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सिसीएमसीको उक्त बैठकमा सहभागी भएका थिए । उनीहरुको स्वाब बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा बसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति