उपप्रधानमन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं, १२ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोरोना भाइरस (कोभिड-१९) क्राईसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि उनीहरुले आजबाट आइसोलेसनमा बसेका हुन् ।

स्रोतका अनुसार सीसीएमसीको बैठकमा चिया लैजाने एक जनामा संक्रमण पुष्टि भएपछि मन्त्रीद्वय घरमै बसेको हो । उनीहरु आइसोलेसनमा बसेपछि भोलि बस्ने तय भएको नेकपा सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति