सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १२ भदौ । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए ।उनीहरुलाई बारास्थित गण नम्बर ४० रिजर्भ गण मार्फत परिचालन गरिएको थियो । संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board