२ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति

अमेरिका, १२ भदौ । अमेरिकी कम्पनी अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसको २ खर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्तिको रुपमा इतिहास रच्न सफल भएका छन् ।

फोर्ब्स तथा ब्लुम्बर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरमा वृद्धि भएसँगै कूल सम्पत्ति २ खर्ब डलर नाघेको हो । यो सँगै बेजोसको सम्पत्ति २ खर्ब ४ अर्ब डलर नाघेको छ ।

सन् २०२० सुरु भएयता अमेजनको शेयर मूल्यमा ८० प्रतिशतको बढोत्तरी भैसकेको छ । जसका कारण सन् २०२० को जनवरी १ मा १ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो । कोरोना महामारी सुरु भएसँगै ई–कमर्श कम्पनी अमेजनको व्यापार तथा आम्दानीमा तीव्र वृद्धि भैरहेको छ ।

फोर्ब्सका अनुसार अमेजन कम्पनीको शेयर मूल्यमा २ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्ति झण्डै ५ अर्बले थपिएको हो । तथापि अमेजन कम्पनीमा भएको उनको ११ प्रतिशतको शेयर हिस्साले उनको कूल सम्पत्तिको ९० प्रतिशत ओगटेको छ । विश्वका अर्वपतिहरुको पहिलो स्थानमा रहेका बेजोसको सम्पत्तिको तुलनामा दोश्रो स्थानमा रहेका बिल गेट्स निकै पछाडि छन् । गेट्सको सम्पत्ति १ खर्ब १६ अर्ब १० करोड रहेको फोर्ब्सको भनाई छ । त्यस्तै ब्लुम्बर्ग बिलिनेयर इन्डेक्स अनुसार उनको सम्पत्ति २ खर्ब २ अर्ब डलर रहेको छ । अमेजन कम्पनीको सिइओ बेजोससँग एरोस्पेस कम्पनी ब्लु ओरिजिन तथा वाशिङ्गटन पोष्ट लगायतको समेत स्वामित्व रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board