चीनमा परीक्षण भइरहेको कोरोना विरुद्धको खोपको मूल्य १५ हजार रुपैयाँ


काठमाडौं, १२ भदौ । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकेको छ । कम्पनीले एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको हो। परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ । कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो ।

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ । विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झण्डै छ हजारको ज्यान गएको छ । अमेरिका, ब्राजिल र भारतमा नयाँ संक्रमण र ज्यान गुमाउने दर दुबै बढिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board