वैदेशिक अध्ययन अनुमतिपत्र पुनः सूचारु हुने

काडमाडौँ, ११ भदौ । उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सज सर्टिफिकेट जारीको कार्य पुनः सूचारु हुने भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो ।

जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति