अमेरिकामा हिंसात्मक प्रदर्शन, सुरक्षाकर्मीहरु परिचालन

काठमाडौं, ११ भदौ । अमेरिकाको विस्कन्सन राज्यको केनोसा सहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि थप सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एक जना अश्वेत पुरुष जेकब ब्लेकलाई प्रहरीले गत आइतबार गोली हानी गम्भीर घाइते बनाएपछि केनोसा सहरमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन रातसम्मको अशान्तिपछि शान्ति स्थापना गर्न संघीय अधिकारीहरुलाई परिचालन गर्ने घोषणा गरेका हुन् । ट्रम्पले ट्वीटमार्फत् अमेरिकाका सडकमा लुटपाट, आगजनी, हिंसा र कानूनहीनता नियन्त्रणका लागि त्यसो गरिएको बताए । पोर्टल्याण्ड, मिनियापलिस, मिनिसोटा र ओरगनजस्ता सहरमा पनि विरोध प्रदर्शनको आयोजना गरिएको छ । ती सहरमा गत मे महिनामा एक प्रहरीले जर्ज फ्लोइड नामका एक निशस्त्र अश्वेत पुरुषको हत्या गरेपछि चर्को विरोध भएको थियो । त्यसपछि अश्वेत व्यक्तिहरुमाथि भेदभाव भएको भन्दै अमेरिका र विश्वभरि नै ह्वाइट लाइभ्स म्याटर अभियान नै सुरु भयो ।

यसैबीच केनोसा सहरमा मंगलबार राति भएको हिसांत्मक प्रदर्शनका बेला गोली हानी दुई जनाको हत्या गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षीइ किशोर इलिनोइस राज्यका हुन् । आइतबार भएको घटनामा २९ वर्षीय जेकब ब्लेकलाई प्रहरीले उनका छोराछोरीको अगाडि नै गाडीमा गोली प्रहार गरेका थिए । विस्कन्सन राज्यका महान्याधिवक्ताले ती व्यक्तिलाई गोली हान्ने प्रहरीको नाम सार्वजनिक गरेका छन् । महान्याधिवक्ताका अनुसार ब्लेको गाडीमा एउटा चक्कुबाहेक अन्य हतियार भेटिएको थिएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board