पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, ११ भदौ। कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पताले जनाएको छ ।

उनलाई निमोनियाको समस्या रहेको थियो । यसअघि कास्की सेवा अस्पतालमा उपचार गरिरहेकी उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। पोखरा महानगर वडा नं। १२ चापापानी घर भएकी मृतकलाई कास्की सेवा अस्पतालबाटै कारोना सरेको जनाएको छ।

उक्त अस्पतालमा उपचाररत तनहुँको ब्यास १ का ५० वर्षीय वृद्धको भदौ १ गते निधन भएको थियो। उक्त वृद्धको निधन भइसकेपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। त्यही उपचाररत रहेकी महिलालाई कोरोना देखिएपछि भदौ ७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति