एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौ, १० भदौ । नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरे । चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । कुटाईबाट उनी सख्त घाइते भएको छ ।

गर्भवती रहेकी उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा गएकी थिइन् ।

यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि रु २१ हजार सहयोग गरे । अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ । एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकूद र प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा सटपुट र ज्याभलिनथ्रोमा स्वर्ण पदक जित्त्नुएका थिए । उनको नाममा आठौँ राष्ट्रिय खेलकूदमा एथलेटिक्सको सटपुटमा १२।०४ मिटर तथा ज्याभलिनथ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board