पहेंलो धातुको मूल्यमा लगातार गिरावट

काठमाडौँ, १० भदौ । नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

गत बुधबार प्रतितोला रु एक लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले घटेको छ । महासङ्घका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो । नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुनको मूल्य एक लाख तीन हजार पुगेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board