‘मेरो विरासत नातिले थाम्छ’

(एक सय चार वर्ष लामो इतिहास बोकेको राणाशासनकालका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शम्शेर जंगबहादुर राणाका नाति तथा विजयशम्शेर जबरा र रानी सरला कुमारी राज्यलक्ष्मीका सुपुत्र एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरासँग देशको विगतदेखिको वर्तमान राजनीतिक परिदृश्य र वर्तमान सरकारको गतिविधि लगायतका विषयमा गरिएको कुराकानीको तेस्रो तथा अन्तिम अंश)

राजा महेन्द्र र बीपीको टक्करमा कोही आउन सकेन
चार राजा र दर्जनौं प्रधानमन्त्रीसँग काम गरेका पशुपतिशमशेरसँग राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई उदाहरणीय मान्छन् । ‘२००७ सालपछिको आधुनिककालमा दुइवटा अत्यन्त ठूला नेता नेपालले प्राप्त ग¥यो एउटा महेन्द्र महाराजधिराज, अर्को विपी कोइराला । त्यसपछि, उहाँहरुको टक्करमा चाही अरु कोही आउन सकेन,’ उनी भन्छन्– ‘राजा वीरेन्द्रको कालमा उहाँले गर्नसके जति सबै अत्यन्तै राम्रो काम गरिबक्स्यो, उहाँ एउटा ईमानदार राजा हो, जनताको हित चिताउने राजा हो ।’ प्रजातन्त्र पुनस्र्थापना यताचाहिं उनको मूल्यांकन औसत छ । भन्छन्– ‘अघि मैले भन्याजस्तै गिरिजाको पहिलो कार्यकाल र देउवाको पहिलो कार्यकालमा राम्रै काम मुलुकले पाएको थियो । त्यसपछि उदाहरण दिन मिल्ने कुनै काम भएका छैनन् ।’

‘एउटा छिमेकीले मात्रै यस्तो गर्छ भनेको त, पछिल्लो ७, ८ महिनाको गतिविधिलाई हेर्नुभो भने, दुवै छिमेकीले त्यस्तो गर्ने रै’छन् भन्ने प्रमाणित भयो । अब अहिलेको सरकारलाई हेर्दाखेरी यो किसिमले काम गर्नेहरुको त म्याद नाघेजस्तो लाग्छ । नेपाली जनता वाक्क, दिक्क भैसक । उहाँहरुबाट हाम्रो काम हुँदैन, हामीहरुले गरेको विश्वासमाथी विश्वासघात गर्यो ।भन्ने जनताले अनुभूत गरेका छन् ।’

जनताको विश्वासमाथि घात भैरहेको छ
‘नेपालको असंलग्न परराष्ट्र नीतिलाई कतै पनि झुक्दैन । यहाँका नेपालीहरु परापूर्वकालदेखि कहिल्यै कसैको उपनिवेश भएका छैनन् । त्यसैले ठूलो अभिमान लिएका नेपालीहरुले । त्यही असंलग्न परराष्ट्र नीतिबाट मात्रै नेपालले आफ्नो भविष्य पूरा गर्न सक्छ ।’ तर पछिल्ला वर्षहरुमा मुलुक त्यो ढंगबाट नचलेको उनको अनुभव छ । उनले घुमाएर गुनासो गरे– ‘एउटा छिमेकीले मात्रै यस्तो गर्छ भनेको त, पछिल्लो ७, ८ महिनाको गतिविधिलाई हेर्नुभो भने, दुवै छिमेकीले त्यस्तो गर्ने रै’छन् भन्ने प्रमाणित भयो । अब अहिलेको सरकारलाई हेर्दाखेरी यो किसिमले काम गर्नेहरुको त म्याद नाघेजस्तो लाग्छ । नेपाली जनता वाक्क, दिक्क भैसक । उहाँहरुबाट हाम्रो काम हुँदैन, हामीहरुले गरेको विश्वासमाथी विश्वासघात गर्यो भन्ने जनताले अनुभूत गरेका छन् ।’

कृषि र जलस्रोतबाटै समृद्धि
‘जलस्रोतको क्षेत्रमा नेपालको अत्यन्तै ठूलो सम्भावना छ । म जलसेत मन्त्री हुँदाखेरी मैले नेपालको जे सम्भावना छ, त्यो अगाडि बढाउने प्रयासहरु गरें’ नेपालको समृद्धिका लागि जलस्रोत सर्वप्रमुख सम्भावना रहको उनले बताए । उनी पहिलोपटक जलस्रोतमन्त्री हुँदा कुलेखानी–२ लाई बाढी, पहिरो लगायतको भयावह स्थिति हुँदा पनि सञ्चालनयोग्य आयोजना बनाएको सम्रण गर्दै त्यसबखत जलस्रोत मन्त्रालयललाई चुस्त, दुरुस्त रुपमा चलाउने काम गरेको बताउँछन् । पछि अरुण तेस्रो खारेज हुनुलाई उनी नेपालको विकासका लागि दुर्भाग्यपूर्ण मान्छन् । भन्छन्– ‘दुर्भाग्यवश अरुण ३ तुहिएपछि म मन्त्री भए । तर त्यसबखत खिम्तिखोला, भोटेकोशी लगायतका नयाँ योजनाहरुलगायत नसोचेका कामहरु अघि बढे । अहिले पनि जलस्रोतको क्षेत्रमा विशेषगरी बिजुली उत्पादनको क्षेत्रमा राम्रै काम भइरहेको उनले बताए– ‘कुलमान घिसिङबाट धेरै नयाँ योजनाहरु, ट्रान्समिसन लाईनको कामहरु अगाडि बढाइएको छ ।

लोडसेडिङ करिब–करिब अन्त्य भयो । यस्तै नयाँ आयोजनाहरु सम्पन्न हुँदैछन्, यही ढंगले अगाडि बढ्यो भने जलस्रोतको क्षेत्रमा सम्भावनाहरु प्रबल छन् ।’ ‘कोरोना महामारीमा नेपालको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र यो समयमा जलस्रोत, कृषि क्षेत्रलाई सुचारु राखिनुपर्ने थियो, कोरोनाले असर गर्दैनथ्यो, त्रुटि भयो’– ‘लकडाउन गर्नै नहुने, विद्युत आयोजनामा लकडाउन गर्नुपर्ने कारण नै थिएन । कोरोना संक्रमणको सम्भावना नै हुँदैन, बेकारमा लकडाउन गरेर तलमाथि भो । मेलम्ची पनि त्यस्तै आयोजना हो, त्यसमा लकडाउन गर्नैपर्दैनथ्यो, यो अलग्गै बसेर गर्न सकिन्थ्यो । लकडाउनले झन् पछि पर्यो । त्यो साईट बन्द गर्नुपर्ने कुनै कारण नै थिएन’ विकास आयोजनामा भएको हेलचक्र्याइबारे उनले असन्तुष्टि पोखे ।

‘लकडाउन गर्नै नहुने, विद्युत आयोजनामा लकडाउन गर्नुपर्ने कारण नै थिएन । कोरोना संक्रमणको सम्भावना नै हुँदैन, बेकारमा लकडाउन गरेर तलमाथि भो । मेलम्ची पनि त्यस्तै आयोजना हो, त्यसमा लकडाउन गर्नैपर्दैनथ्यो, यो अलग्गै बसेर गर्न सकिन्थ्यो । लकडाउनले झन् पछि पर्यो ।

त्यसैगरी महामारीबीच पनि कृषिलाई सुचारु गर्न सकिने उनको सुझाव छ । ‘तर, यसबाहेक अन्य क्षेत्रहरु पर्यटन, उद्योग तथा अन्य अर्थतन्त्रसँग सम्बन्धित क्रियाकलाप गर्न कोभिड–१९ को सन्त्रास छ,’ उनले भने– ‘कोरोना हटेपछि नेपालको अर्थतन्त्रको प्रमुख तीन सम्भावना छन्, एउटा पर्यटन, दोस्रो जलस्रोत र तेस्रो कृषि हो । कृषिमा चाहिं अत्यन्तै ठूला सम्भावना छन्, नगदेबालीहरुमा गर्न सक्यौं भने । पछिल्लो समयमा केही कामहरु पनि भएका छन् । जहाँ–जहाँ सम्भावनाहरु छन्, त्यो क्षेत्रलाई कोरोनाको महामारीमा पनि अगाडि बढाउनुपर्छ, लकडाउनले छेक्दैन ।’ तर महामारीबीच पनि मुख्यगरी, कृषि र जलस्रोतलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

त्यसो त मुलुकको दूरगामी विकासका लागि शिक्षा पनि त्यत्तिकै जरुरी छ । ‘वर्तमान परिस्थिति एवम् कोरोना महामारीमा दूर तथा भर्चुअल शिक्षालाई अगाडि बढाउदै लैजानुपर्ने उनको सुझाव छ । भन्छन्– ‘तर, व्यवहारतः नेपालको शिक्षा पद्धति परम्परागत रहेको, दक्ष जनशक्ति अभाव र प्रविधिमैत्री शिक्षा कार्यान्वयनमा लान नसकिरहेको अवस्था छ । दूरशिक्षालाई प्रविधिसँगै अगाडि लैजान सकेमा यसको गुणात्मक रुपमा फाइदा हुनेछ । कोठा–कोठामा, घर–घरमा यो शिक्षा पु¥याउनको लागि भने गरिबी र अशिक्षा प्रमुख चुनौती छ । यो लागू भयो भने गुणस्तर नै नभएको अहिलेकोजस्तो शिक्षाबाट मुक्ति पाउन सकिन्छ ।’

पशुपतिशमसेर राणालाई आफ्नो पाँच दशकभन्दा लामो राजनीतिक जीवनप्रति गर्व छ । भन्छन्– ‘मैले आफ्नो जीवनकाललाई फर्केर हेर्दा, राजनीतिलाई फर्केर हेर्दा, मैले एउटा काम चाहिं साँच्चिकै राम्रै गरे भन्ने लाग्छ । मैले जति काल राजनीति गरें, मूल्य र मान्यताकै आधारमा गरें । मैले राजनीतिमा पनि इमानदारिताका साथ काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण दिन सकें भन्ने लाग्छ । तर यसको कति मूल्याकंन भएको छ, जनतामै छोडौं ।’ आफू जहिले जहिले नेतृत्वमा आए, मन्त्री भए, मन्त्रालय चलाए, त्यसको सही व्यवस्थापन गरेर अत्यन्तै उत्पादक, अत्यन्तै चुस्त बनाउने कार्य गरेर आएको दाबी गर्छन् गर्दै भन्छन्– ‘पार्टी पनि चलाएँ, मन्त्रालय चलाउनुभन्दा पार्टी चलाउन अत्यन्तै गाह्रो रहेछ । अहिले आएर मेरो आशा के छ भने, राप्रपा पार्टी एकत्रित होस्, त्यो एकत्रित राप्रपाले यसको मूल्य र मान्यतालाई मपछि पनि निरन्तरता पाओस् ।’

जति काल राजनीति गरें, मूल्य–मान्यताकै आधारमा गरें
एउटा देश सुहाउँदो, माटो सुहाउँदो वैकल्पिक शक्तिको रुपमा जसले मूल्य र मान्यताको राजनीति गर्दै जनपक्षिय काम गर्न सकोस्, भन्ने उद्देश्यकासाथ मिलेर अगाडि बढ्ने तयारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उपस्थित भएको उनको भनाइ छ । ‘नेपालको मूल सोच, हिन्दू धर्मलाई लिएर अगाडि बढ्या’छौं । हामी मुलुक चलाउन सक्ने हिन्दू पक्षधर शक्तिहरु एक भएर मुलुकलाई अगाडि बढाउनेछौं, उनी भन्छन् ।

पशुपतिशमसेर राणालाई आफ्नो पाँच दशकभन्दा लामो राजनीतिक जीवनप्रति गर्व छ । भन्छन्– ‘मैले आफ्नो जीवनकाललाई फर्केर हेर्दा, राजनीतिलाई फर्केर हेर्दा, मैले एउटा काम चाहिं साँच्चिकै राम्रै गरे भन्ने लाग्छ । मैले जति काल राजनीति गरें, मूल्य र मान्यताकै आधारमा गरें । मैले राजनीतिमा पनि इमानदारिताका साथ काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण दिन सकें भन्ने लाग्छ । तर यसको कति मूल्याकंन भएको छ, जनतामै छोडौं ।’ आफू जहिले जहिले नेतृत्वमा आए, मन्त्री भए, मन्त्रालय चलाए, त्यसको सही व्यवस्थापन गरेर अत्यन्तै उत्पादक, अत्यन्तै चुस्त बनाउने कार्य गरेर आएको दाबी गर्छन् गर्दै भन्छन्– ‘पार्टी पनि चलाएँ, मन्त्रालय चलाउनुभन्दा पार्टी चलाउन अत्यन्तै गाह्रो रहेछ । अहिले आएर मेरो आशा के छ भने, राप्रपा पार्टी एकत्रित होस्, त्यो एकत्रित राप्रपाले यसको मूल्य र मान्यतालाई मपछि पनि निरन्तरता पाओस् ।’

राप्रपा एकीकरणको औचित्यबारे उनको भनाइ स्पष्ट छ– ‘म मुलुकका राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरु, शुभचिन्तकहरु र यो मुलुक हिन्दूराष्ट्र हुनुपर्छ भन्ने सोच्ने त्यो व्यापक समुदायलाई के भन्न चाहन्छु भने, हामीले यो पार्टी एकत्रित गरेर तपाईहरुको भावनालाई प्रतिनिधित्व गर्न खोजिरहेका छौं ।’

उमेरले असीको नेटो काट्न थालिसकेपछि उनले पारिवारिक विरासतसँग जोड्दै बताए– ‘मेरो एउटा मात्र नाति छ । म पछि मेरो परिवारमा पहिलो लोग्ने मान्छे जन्म्या भन्या मेरो नाति हो ।’ छोरी देवयानीले ती नातिलाई पनि असाध्यै राम्रोसँग हुर्काउने काम गरिरहेको उनले बताए । ‘देवयानीले पनि आफ्नो जीवनमा असाध्यै राम्रो मूल्य र मान्यतालाई आत्मसात् गर्दै पढेर जीवनमा असजिलो परिस्थतिसँग मुकाबिला गर्ने शक्ति देखाएको मान्छे हो । मेरो नाति पनि अत्यन्तै राम्रो किसिमबाट हुर्किएको छ, उसले पनि हाम्रो मूल्य र मान्यताको परम्परालाई कायम राख्छ भन्ने मलाई विश्वास छ,’ राजनीतिमा आफ्नो विरासतबारे उनले स्पष्ट पारे ।

(यो आलेखको पहिलो भाग ‘ज्ञानेन्द्र पहिलो पटक राजा हुँदा सिंहदरवारमा उहाँसँग खेल्ने र हेर्ने जिम्मा मेरो थियोर दोस्रो भाग ‘हामीले बेकारमा हिन्दूराष्ट्रको परिचय गुमायौं’ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

‘ज्ञानेन्द्र पहिलो पटक राजा हुँदा सिंहदरवारमा उहाँसँग खेल्ने र हेर्ने जिम्मा मेरो थियो’
‘हामीले बेकारमा हिन्दूराष्ट्रको परिचय गुमायौं’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board