उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सीडीओ र मेयरबीच छलफल

काठमाडौं, ९ भदौ । काठमाडौं, भक्तपुर र ललितपुरमा उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् । कोरोना संक्रमण जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको हो । उनका अनुसार निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको भने छैन । तर, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको उनले बताए ।

छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति