उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सीडीओ र मेयरबीच छलफल

काठमाडौं, ९ भदौ । काठमाडौं, भक्तपुर र ललितपुरमा उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् । कोरोना संक्रमण जिल्ला संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी, मेयर र प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको हो । उनका अनुसार निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको भने छैन । तर, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको उनले बताए ।

छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board