नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं, ९ भदौ । नेपालमा बितेको २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।

डा. गौतमका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ डा. गौतमले बताए ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

मृत्यु हुनेको संख्या कति पुग्यो ?
नेपालमा विगत २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अवधिमा ११,३२७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको बताए । अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्। वृद्धिसँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको सरकारी तथ्यांक छ ।

अहिले देशभरि १४,२५० जनामा सक्रिय सङ्क्रमण रहेको डा। गौतमले बताए । तीमध्ये ५,६६९ जना घरमै र बाँकी ८,५८१ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board