महोत्तरीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

महोत्तरी,९ भदौ । महोत्तरीमा मंगलबार कोरोनाभाइरस संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको छ । मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

क्यान्सर रोगी उनमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष कोरोनाको कारण मृत्यु भएको हो । उनको ढाडमा लामो समयदेखि समस्या थियो । यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board