काठमाडौंमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं ९ भदौ । काठमाडौंमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचारत काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको भने १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board