एउटै वडाका ६ जनामा कोरोना पुष्टि

तनहुँ, ९ भदौ । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु –१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनीयर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङबाट १२७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले यही भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board