काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ । दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे बस्ने समय तय भएको थियो ।
अध्यक्ष ओलीको सचिवालयका एक सदस्यका अनुसार दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।
निषेधाज्ञा सकिएलगत्तै कार्यदलले स्थायी कमिटीको बैठक राख्न सिफरिस गरेको छ भने सचिवालयको बैठक तत्काल बस्न सकिने सुझाव दिएको छ । आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न सुझाइएको छ। कार्यदलले महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव दिएको छ ।
यो पनि…
कार्यदलको प्रतिवेदनमा छलफल गर्दै ओली-प्रचण्ड
COMMENTS