कार्यदलको प्रतिवेदनमा छलफल गर्दै ओली-प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुँदैछ । सत्तारुढ नेकपाले गठन गरेको ६ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि अध्यक्षद्वय ओली र प्रचण्डले सोमबार बालुवाटारमा छलफल गर्दैछन् ।

स्रोतका अनुसार कार्यदलको १६ पन्ने लघु प्रतिवेदनले दिएका सुझावहरुलाई कार्यान्वयन गर्नेबारे दुई अध्यक्षवीच आज छलफल हुनेछ । पार्टीमा र संसदीय दलमा निर्णय गराएर चाँडै नै केही मन्त्रीहरु हटाउनुका साथै केही मन्त्रीहरु थप गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

कार्यदलले प्रदेशमा पनि सरकारहरु हेरफेर गर्ने प्रस्ताव राखेको छ । स्थानीय तहमा सरकार सञ्चालनका लागि पार्टीका तर्फबाट निर्देशिका जारीगरिनुपर्ने कार्यदलको सुझाव छ । तर,
स्वास्थ्य सामग्री खरीदमा भएको अनियमिता, सरकारका कमीकमजोरीहरु र कोरोनोना महामारीविरुद्ध लिइनुपर्ने नीति आदिका विषयमा भने कार्यदल मौन रहेको छ ।

निषेधाज्ञा सकिएलगत्तै कार्यदलले स्थायी कमिटीको बैठक राख्न सिफरिस गरेको छ भने सचिवालयको बैठक तत्काल बस्न सकिने सुझाव दिएको छ । आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न सुझाइएको छ। कार्यदलले महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव दिएको छ ।

अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेकपा सचिवालयको बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओली गुटबाट महासचिव पौडेल र शंकर पोखरेल सदस्य थिए भने प्रचण्ड गुटबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । त्यस्तै माधव नेपाल गुटबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board