प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ७ भदौ  । प्लाज्मा थेरापीबाट उपचाररत धरानका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विपी प्रतिष्ठानमा उपचाररत उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। धरान–८ निवासी उनलाई गत साउन ३० गते भर्ना गरिएको थियो। भर्ना गर्दा नै उनको अवस्था गम्भीर देखिएपछि अस्पतालले उनको प्लाज्मा थेरापीबाट उपचार अगाडि बढाएको थियो। डा. सापकोटाले भने हामीले पहिलोपटक प्लाज्मा थेरापी विधि उहाँमै प्रयोग गर्यौं। तर अवस्था निकै नै गम्भिर भएकाले सुधार हुन सकेन, ।

मृतक पुरुष लामो समयदेखि मधुमेह, रक्तचाप र फोक्सोका विरामी पनि रहेको अस्पतालले जनाएको छ। अहिले उनको शव अस्पतालमै राखिएको छ। शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति