प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ७ भदौ  । प्लाज्मा थेरापीबाट उपचाररत धरानका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विपी प्रतिष्ठानमा उपचाररत उनको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। धरान–८ निवासी उनलाई गत साउन ३० गते भर्ना गरिएको थियो। भर्ना गर्दा नै उनको अवस्था गम्भीर देखिएपछि अस्पतालले उनको प्लाज्मा थेरापीबाट उपचार अगाडि बढाएको थियो। डा. सापकोटाले भने हामीले पहिलोपटक प्लाज्मा थेरापी विधि उहाँमै प्रयोग गर्यौं। तर अवस्था निकै नै गम्भिर भएकाले सुधार हुन सकेन, ।

मृतक पुरुष लामो समयदेखि मधुमेह, रक्तचाप र फोक्सोका विरामी पनि रहेको अस्पतालले जनाएको छ। अहिले उनको शव अस्पतालमै राखिएको छ। शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board