नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि छ ।आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् । संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति