कोरोना अपडेट: २४ घण्टामा थप ९ जनाको मृत्यु, ६३४ थपिए नयां कोरोना सङ्क्रमित

काठमाडौं, ६ भदौ । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ६३४ जना नयां विरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ

पर्साका तीन जना, सुनसरीका २ जना र बारा, सिरहा, मकवानपुर भक्तपुरका एकएक जना गरी ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो । यो वृद्धिसँगै कोभिड– १९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ।

हालसम्म नेपालमा कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ। अहिले देशभरि १२,६२१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र राजधानी रहेको वाग्मती प्रदेशमा छन् ।सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क ?

विगत २४ घण्टामा १२,५१९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । २४ घण्टामा १३६ जना भाइरसमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म १८,३५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा ११, ६५८ जना छन् । अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । तर मयाग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति