शिखर इन्स्योरेन्सको नाफा बढ्यो, बीमा शुल्क एक अर्ब १८ करोड रुपैयाँ बढी

काठमाडौं, ५ भदौ । शिखर इन्स्योरेन्स ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ४२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इस्योरेन्सको खुद नाफा बढ्पनि खुद बीमाशुल्क भने १० करोड ७ लाख रुपैयाँले घटेर १ अर्ब १८ करोड ५४ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५८ करोड ८२ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले २ लाख ५९ हजार ५७४ वटा बीमालेख जारी गरी ३ अर्ब ५२ करोड १६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्स्योरेन्सको ६२ हजार २४५ वटा बीमालेख नवीकरण भएका छन् ।

इन्स्योरेन्सले यस अवधिमा १४ हजार ४७० दाबी बापत एक अर्ब ६७ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १८२ वटा दाबी बापत ८० करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिका इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ २८८ रुपैयाँ ०२ पैसा र मूल्य आम्दानी अनुपात २३.९३ गुणा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board