प्युठानका एक कोरोना संक्रमितको मृत्यु

झिमरुक, ५ भदौ । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताए ।

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उनलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । उनी मधुमेह र र रक्तचापका बिरामी थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board