अन्तरराष्ट्रिय नेपाली साहित्य समाजः ‘राष्ट्रकवि घिमिरे काव्य पुरस्कार’ घोषणा

काठमाडौँ, ४ भदौ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसासले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले राससलाई जानकारी दिए । उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ । सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति