भयावह बन्दै भारत: एकैदिन ६९ हजारमा संक्रमण, ९ सय ८० जनाको मृत्यु

काठमाडौं, ४ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या २८ लाख नाघेको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार विहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा पहिलो स्थानमा छ भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ९८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५३ हजार ९९४ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board