अस्ट्रेलियाद्वारा अक्सफोर्ड कोरोनाभाइरस खोपको आपूर्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर


क्यानबेरा, ३ भदौ । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताए। तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए ।

उनले भने , “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं ।” प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताए, तर उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे ।

उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए ।

मरिसनले संवाददाताहरुलाई भने, “अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board