हेटौंडामा पहिलो पटक कोरोनाबाट एक वृद्धको मृत्यु

हेटौंडा, ३ भदौ । हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार राति मृत्‍यु भएका उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी लामो समयदेखि बिरामी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईका अनुसार मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चौलागाईको भनाई अनुसार उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति