धरानमा कोरोनाबाट ७१ वर्षीया वृद्धाको मृत्यु

काठमाडौं, ३ भदौ । धरानमा ७१ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धरानकी स्थायी बासिन्दा उनी साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालले जनाए अनुसार उनको दम र मुटुको समस्याका कारण उपचाररत रहेको थियो । खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएकी थिईन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति