‘घिमिरेको जीवनलाई अनुशरण गर्नु सच्चा श्रद्धाञ्जली’

काठमाडौं, ३ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःख व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि घिमिरेको मंगलबार साँझ भएको दुःखद निधनले स्तब्ध भएको बताएका छन् ।

दिवंगत राष्ट्रकवि घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै उनका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त पुनले गरेका छन् । राष्ट्रकवि घिमिरेमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अंगाल्दै घिमिरेले जीउनु भएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जली हुने पुनले बताएका छन् ।

‘राष्ट्रकवि घिमिरेलाई भौतिक रुपमा विदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको छ । राष्ट्रलाई दिनुभएको अमूल्य साहित्य सृजना तथा राष्ट्रका लागि पुर्याउनु भएको उच्च योगदानले भने उहाँ सँधै सँधैका लागि बाँचिरहनु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board