सप्तरीमा थपिए एकै परिवारमा ८ जनामा कोरोना संक्रमित

सप्तरी,२ भदौ । सप्तरीमा एकै परिवारका ८ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका अन्य तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहका अनुसार वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हो । मेयर साहका अनुसार संक्रमण पुष्टि हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला छन् । संक्रमण पुष्टि भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरुलाई होम आइसोलेसनमै राखेर निगरानी गरिने मेयर साहले बताए ।

केही दिनअघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखापरेको थियो । उनी किराना पसल व्यवसायी हुन् । उनकै कन्ट्याक ट्रेसिङको आधारमा परिवारका सदस्यहरुको साउन २८ गते स्वाब संकलन गरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको मेयर साहले बताए । त्यसैगरी वडा नम्बर १ का ४० वर्षीय पुरुष, वडा नम्बर ७ की ३१ वर्षीया महिला र वडा नम्बर १० का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board