चीनले गर्‍यो पहिलो कोरोना खोपको सर्वाधिकार स्वीकृत

चीन – चीनको खोप कम्पनी क्यानसिनो बायलजिक्स कर्पोरेशनको कोरोना खोप एडी ५–एनसीओभी ले पहिलो आविष्कार (पेटेन्ट) सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले कोभिड–१९ को लागि मञ्जुरी दिएको यो पहिलो खोप हो ।

यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ । वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्च पेलेग्रिनीले यो खोपको बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएको बताएका छन् ।

दुवै खोपमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउनको लागि एडेनोभाइरस (चिसोपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस) को प्रयोग गरिएको छ । साउदी अरबले यही महिना क्यानसाइन कम्पनीको खोपको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाइरहेको बताएको थियो । यता क्यानसाइनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग कुरा गरिरहेको बताएको थियो ।

खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म शङ्घाई शेयरमा ६ दशमलव ६ प्रतिशतको बढोत्तरी भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board