धुलिखेलमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ । धुलिखेल अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको हो । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको छ ।

उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो र उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए, काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले भने ।

‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो,’ यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा पहिलो मृत्यु सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board