नाली सफा गर्ने विषयमा कुटाकुट हुँदा कपिलवस्तुमा १ जनाको मृत्यु

कपिलवस्तु,१ भदौ । कपिलवस्तुमा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पानीको नाला सफा गर्ने विषयमा घटनामा स्थानीय ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन् । मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झै झगडापछि कुटाकुट भएको थियो ।

विवादमा ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय विजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीेले नियन्त्रणमा लिएको छ । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board