वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

काठमाडौं १ भदौ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका थिए। कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति