नेपाल-भारत संयन्त्र बैठक: सीमाका विषयमा भएन छलफल

काठमाडौं १ भदौ । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न भएको छ । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच यो पहिलो औपचारिक बैठक हो ।

नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो । बैठकमा २०७२ सालको भूकम्पले भत्किएका ५० हजार घर निर्माण गरिदिन भारतीय पक्षले प्रतिवद्धता जाहेर गरेअनुसार ४६ हजार ३०१ घर निर्माण भएको भारतीय राजदूतले जानकारी दिए ।

नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । सिमाबारे छलफल गर्न सचिवस्तरीय अलग्गै संयन्त्र भएकाले यो संयन्त्रको बैठक भएकाले सीमाका विषयमा भने कुनै छलफल नभएको मन्त्रालयले जनाएको छ ।

नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो । यसअघि दुवै देशका प्रधानमन्त्रीचबीच शनिवार टेलिफोन संवाद भएको थियो । सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board