एनसेलको टावरमा आगजनी गरेको आरोपमा चन्द समूहका एक पक्राउ

डोटी, ३१ साउन । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उनलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए ।

उनले भने, “बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति