पछिल्लो २४ घण्टामा उपत्यकाका थपिए ९८ कोरोना संक्रमित

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये उपत्यकामा ९८ रहेका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वरले जनाए अनुसार काठमाडौंका ८०, भक्तपुरका ९, र ललितपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै देशभर ४६८ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २६ हजार १९ पुगेको छ भने १७ हजार २०१ जना निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति