बागलुङका जिसस प्रमुख र वडा अध्यक्षमा पनि देखियो कोरोना

बागलुङ,३१ साउन । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र बडिगाड गाउँपालिका—६ का वडा अध्यक्ष मौसम काजी क्षत्रीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणको क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएसंगै जिसस प्रमुख र वडा अध्यक्ष सेल्फ क्वारेन्टाइनमा बसेका छन् तर सोही स्थानमा राख्ने या आइसोलेसनमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए।

गत साउन १४ गतेदेखि जिल्ला बाहिरका बैठक र भेटघाटमा भएकाले कन्ट्याक्ट ट्रेसिङमा स्वाब दिइएको र रिपोर्ट पोजिटिभ भएको खबर आएको जिससी प्रमुख ढुंगानाले जानकारी दिए। भारतबाट आएका २० जनाको पठाएका थियौं, उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको थियो ।

जनप्रतिनिधिकै पोजिटिभ देखिएकाले जिल्लामा कोरोना संक्रमण जोखिम रोक्न थप कसरी अगाडि जाने भन्ने विषयमा फेरि योजना बनाइने गाउँपालिका स्वास्थ्य सह–संयोजक चुडामणी कँडेलले बताए। उनले भने,सको स्रोत के हो रु कसरी भयो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको छ। अब कसरी परीक्षण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

बागलुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ६५ पुगेको छ। अहिलेसम्म दुई सय ४५ निको भएर घर फर्केका छन्। एक युवाको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति