कपिलवस्तुमा कोरोनाको कारण थप एकको मृत्यु

कपिलवस्तु,३१ साउन । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ घर भएका ४२ वर्षीय पुरुषको कोरोना भाईरसबाट मृत्यु भएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा तीन दिनअघि आईसीयुमा राखेर उपचार गराइरहेका संक्रमितको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको डा गौतमको भनाई छ ।

उनको फोक्सोमा संक्रमण भएकाले ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएको डा गौतमले जानकारी दिए । यसअघि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति