मनमैजु हत्या प्रकरण: केटीको विषयमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या

काठमाडौँ,३१ साउन । काठमाडौँको टोखा नगरपालिका–९ मा धारिलो हतियार चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए । तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति केटीको विषयमा झगडा हुँदा हत्या भएको खुलेको छ। हामीले संलग्न अभियुक्तलाई नियन्त्रणमा लिइसकेका छौं,ु महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले भने। मृतकी श्रीमती र पूर्वप्रेमिका विचको झगडा बढ्दै गएपछि ग्याङ फाइटुमा मृत्यु भएको खुलेको छ।

झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति