भारतको ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गरेका हुन । उनले लेखेका छन् , “प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ ।” साथै स्वतन्त्रता दिवसको अवसरमा भारत र भारतीय जनताको थप प्रगति र उन्नतिको कामना पनि प्रधानमन्त्री ओलीले ब्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति