अमेरिकामा कोरोनाबाट १ लाख ७१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ३१ साउन । विश्वभर महामारीरको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको छ । यस्तै एकैदिन थप ५९ हजार ८९२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५४ लाख ७५ हजार ५५८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख ६८ हजार २७१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ३५ हजार ७९२ जनामध्ये १७ हजार २१६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति