उपत्यकाभित्र ३ दर्जन बढी सेवा र व्यापार सञ्चालनमा भदौ १५ सम्म बन्देज

काठमाडौँ २९ साउन — उपत्यकाका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार रव्यवसाय सञ्चालन गर्न भदौ १५ सम्मका लागि रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

काठमाडौंका प्र्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताए ।

यसैगरी सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटलररेस्टुरामा पनि जमघट गर्न निषेध गरिएको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना कम्युनिटिमा फैलिएको आशंकामा स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।

निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको थिए । यो निषेध भदौ १५ सम्म रहने श्रोतले बताएको छ । ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board