एक फुटबल खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं, ३० साउन । नेपालमा एक फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ । अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board